|  

हिन्दु-मुश्लिमको प्रेमलाई परिवारले नस्वीकार्दा भागे शिशिर र रोशनी (भिडियो सहित

३१ भाद्र २०७७, बुधबार ०५:५४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पछिल्लो समय समाजसेवा संगै कलाकारितालाई पनि संगै अघि बढाईरहेका शिशिर भण्डारी अभिनित अर्को एउटा गीतको भिडीयो सार्बजनिक भएको छ । समाजसेवामा तल्लिन उनको हाल म्युजिक भिडियो सार्बजनिक हुने क्रम बाक्लिदो रहेको छ । यस्तैमा गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ‘बाधि राखन’ मा पनि उनि देखिएका छन् ।

सो गीतको भिडियो हालै युट्युबमा सार्वजनिक भएको छ । बुधवार शिशिरकै नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै संगीत रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ

गीतको भिडियोमा भण्डारीलाई रोशनी कर्किले अभिनयमा साथ् दिएकी छन् । यसैगरी, रमेश सेन्चुरीले एरेन्ज गरेको यस गीतलाई सिर्जन बरालले निर्देशन गरेका छन् । भिडियोको छायाकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ । केहि समय अगाडी भण्डारीको लेखन तथा अभिनय रहेको गीत ‘फोटो फिरिममा’ मेल तथा फिमेल भर्सनले ब्यापक सफलता बटुलेको थियो । भिडियो हेर्न यहाँ थिच्नुहोस ।

३१ भाद्र २०७७, बुधबार ०५:५४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल