|  

सरिता गिरी भन्छिन्: ‘कुलमान भ्र’ष्टाचारी हुन्, बेकारमा देशको अर्बौं रकम सक्काए’

३१ भाद्र २०७७, बुधबार ०८:०० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ। धेरैले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिनेबित्तिकै पुनः नियुक्ति सजिलै हुने सोचेका थिए । घिसिङले कार्यकारी निर्देशकका रूपमा राम्रो काम गरेकाले यो स्वाभाविकै पनि हो। केही दिन पहिलेदेखि सामाजिक सञ्जालमात्र हैन सञ्चार माध्यममा समेत घिसिङको पुनःनियुक्ति हुनुपर्ने आवाज चर्कै स्वरमा उठेको छ । उनका पक्षमा युवा प्रदर्शनकारी सडकमै उ’त्रेको समेत समाचार सार्वजनिक भएको छ ।

हुन पनि दिनरात गरेर २४ घन्टामा १६ घन्टासम्म विद्युत् कटौती (लोडसेडिङ) सहेका नेपालीहरूका लागि कुलमान घिसिङ चमत्कारका रूपमा प्रकट भएका थिए। उनले लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा कसैले पत्याएका थिएनन् । तर, केही अनियमितता भए पनि नेपालमा अहिले लोडसेडिङ छैन भन्न मिल्ने भएको छ । घाटामा गएको प्राधिकरणको सञ्चित घाटाबाट उकासिएको छ भने वार्षिक नाफा कमाउने भएको छ।

विडम्बना, यही सफलता कार्यकारी निर्देशक घिसिङका लागि गलपासो बन्न पुगेको देखियो । तालुकवाला मन्त्रालयबाट कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएको समाचार सार्वजनिक भएको छ । अर्थात्, पदावधि रिक्त रहने भयो।

सत्ताको चरित्र र प्रवृत्ति हेर्दा केही मोलतोल हुने, बिचौलियाको मध्यस्थता अनि पुनःनियुक्ति पनि हुनसक्ने देखिन्छ। घिसिङको अहिलेसम्मको छवि हेर्दा उनले सम्झौता गर्नुभन्दा पद छाड्न रुचाउलाने अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले घिसिङको स्वतन्त्र कार्यशैली र लोकप्रियता नरुचाएको अनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्र्वमाओवादी समूह घिसिङका पक्षमा रहेको पनि प्रचार भइरहेको छ।

नेकपाका प्रवक्ता र प्रधानमन्त्रीका सल्लाहकारका नाममा सामाजिक सञ्जालमा प्रधनुषामा निर्माण गरिएको ४०० केभी ढल्केवर सबस्टेसन अनावश्यक रहेको भन्दै उनले उक्त परियोजनामा भ्र’ष्टाचार र राज्यको रकम को दु’रुपयोग भएको आ’रोप लगाएकी छन्। “कुलमान घिसिङ जाँदै हुनुहुन्छ । इनरुवा देखि ढल्केवर को ४०० केभी लाइनको अ’नावश्यक परियोजना भ्र’ष्टाचार र राज्यको रकम दु’रुपयोगको चरम उदाहरण हो । अरबोंको क्ष’ति भएको छ । त्यस्को जबाब कस्ले दिने ?”,उनले लेखेकी छन्।

३१ भाद्र २०७७, बुधबार ०८:००  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल