|  

दशै नजिकिदै गर्दा,सम्पुर्ण नेपालीहरुलाई सरकारबाट आयो खुसिको खबर!

३१ भाद्र २०७७, बुधबार ०९:४९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवा उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो। लामो दुरीका यातायात र हवाई उडान सुरु गरेपछी आफ्नो घर देखि सयौ किलोमीटर टाढा भएपनि दशैंको टिका थाप्न जान पाइने भएकोले अलिकति भएपनि राहत महसुस भएको छ।लक डाउन लाई मध्यनजर गर्दै दशैं सम्म कडी कडा उ नगरे दसैँमा घर जान पाइन सक्ने सम्भावना रहेको छ।

अन्य समाचार : लामो दूरीका यातायात छिटो खुलाउन माग काठमाडौँ : छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ । छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ”

बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ । स्वाँर भन्नुहुन्छ, “प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो । ”, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

३१ भाद्र २०७७, बुधबार ०९:४९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल