|  

हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

३१ भाद्र २०७७, बुधबार १२:५० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ ।

सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने राजकुमार खालिफाको तयारी छ ।

आरोहणको जिम्मा पाएको नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेको थियो ।

को रोना म हामारी र नेपालमा ल कडाउनका कारण अभियान पछि धकेलिएको हो । राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ ।
त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ ।

लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा फर्किनेछ ।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ ।
यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ ।

३१ भाद्र २०७७, बुधबार १२:५०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल