|  

श्रीमतीको निगरानी गर्न सरकारले बनाइदियो यस्तो एप

१३ आश्विन २०७७, मंगलवार २३:४२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी । साउदी सरकारले नै श्रीमतीको निगरानी गर्न एप निर्माण गर्न स्विकृति दिएको छ । अब साउदीका महिला आफ्ना पतिको अनुमति विदा विमानस्थलवाट यात्रा गर्न पाउने छैनन् । विमानस्थलमा पासपोर्ट देखाउनासाथ पतिको साथमा भएको मोवाइलमा त्यसको संकेत जाने छ । आफ्नो श्रीमती कहाँ छ र के गर्दैछ भन्ने जान्न पुरुषको पक्षमा यस्तो एप बनाउने स्वीकृति दिएपछि विश्वका केही महिलावादी संगठनले त्यसको विरोध गरेका छन् । श्रीमती कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकासको विरोध भएको हो ।

गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ । यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ । यदि पतिको स्वीकृति विना श्रीमती कतैको यात्रा गर्न लागेकी हुन् भने उनी त्यहीँ रोकिनेछन् ।

पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्ने ब्यवस्था यो एपले दिएको छ । सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए ।

यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन् । डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भयो । जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके । साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्राइम रोक्नका लागि बनेको नयाँ कानून अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन् । यसलाई अपराधको श्रेणीमा राखिएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

१३ आश्विन २०७७, मंगलवार २३:४२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल