|  

अनशनरत डा. केसीलाई भेटेर फर्किएपछि बाबुरामले भने- सरकार आँखा खोल !

१५ आश्विन २०७७, बिहीबार ११:४५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै १७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बि’ग्रदै गएको छ । डा.केसी आफ्नो जीवनलाई जो’खिममा राखेर अनशन बसेको बुधबार १७ दिन पूरा भएको छ । बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । १९ औं सत्याग्रहमा रहेका केसीका जायज मागको सम्बोधन गर्नुपर्ने भट्टराईले बताएका छन् ।

अस्पताल पुगेर बाबुरामले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै केसीको माग र स्वास्थ्य अवस्थाबारे सरकारले चासो नराखेको भन्दै आ’पत्ति जनाए । उनले केसीलाई भेटेर फर्किएपछि ट्विट गर्दै उनको स्वास्थ्य अवस्थाबारे चासो नराख्नु अमानवीयताको परराकाष्ठा भएको बताएका छन् ।

उनले ट्वीटरमा प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै सरकारलाई आँखा खोल्न समेत सुझाव दिएका छन् । ‘अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जो’खिममा राख्दै अनसनरत डा. गोेविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ’ बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘१९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले उहाँको जायज माग र जो’खिम उन्मुख स्वास्थ्य स्थितिबारे कुनै चासो नराख्नु अमा’नवीयताको पराकाष्ठा हो ।’

ट्विटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै बाबुरामले थप लेखेका छन्, ‘सरकार आँखा खोल !’ डा.केसीले भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका हुन। उनलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। त्याहाँबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइए पछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

१५ आश्विन २०७७, बिहीबार ११:४५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल