|  

काकी”सँ गको त्यो रा’त’प’छि

१५ आश्विन २०७७, बिहीबार १४:३८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सन्तोष भावुक / पहाडे बारीका कान्लामा टाँसिएर बनेका फाट्ट फुट्ट घर छन् । केही जस्ताले ओत लागेका छन् । केहीले खरको घुम्टो ओडेर बसेका छन् । पुषको १५ वितेको छ । त्यो दिन दिनभरीनै पानी पारेको छ । पारी लेकाली डाँडामा सेतै हिँउ परेको छ ।

हिँउबाट आएको सिरेटोले नराम्ररी सेकेको छ । पाखो बारी हिउँदे पानीले गलक्कै भिजेको छ । बर्षामा लाउन किनेका गम्बुट त्यो दिनपनि लगाएर भिजेको बारी भसाउदै हामी केटाकेटी हिँडेका थियौँ । कसैले कानेटोपी लगाएका थिए । कसैले गमक्क परेका ज्याकेट लगाएका थिए । खेल्दै माहिला काकाको घरमा पुगेका थियौँ ।

काकाको छोराले गोठ नजिकै झिँजा सल्काएर आगो दन्कायो । हामी केटाकेटी सबै त्यतै दगुरेर पुग्यौँ । साँझ पर्नै लागेको थियो । आगो ताप्न काकीपनि आईपुग्नुभयो । टोलका दुई चार जना अलिक बुझ्ने भनाउँदाहरुपनि आईपुगे ।

झिँजाको आगो टोल नै उज्यालो हुनेगरी दन्किरहेको थियो । त्यहीबेला उनीहरु काकीलाई हेर्दै कानेखुसी गरिरहेका थिए । साँझ अलिक छिप्पियो । काकाको छोरा र काकीले घरमै बस्न कर गर्नुभयो । भाई मसँग अलिक धेरै नै मिल्थ्यो । त्यो दिन अलिक धेरै चै भाईले नै बस्न ढिपि कस्यो । मैले नाई भन्न सकिन ।

हाम्रो घर र काकाको घर बोलाउदा सुनिने दुरीमा थियो । घरबाट कराएरै बोलाउने चलन थियो । मलाई दाईले बेस्सरी कराउदै बोलाउनुभयो । कार्कीले यतै बस्छ है जवाफ फर्काउनुभयो । मलाई अलिक सजिलो भयो ।

अब घरमा बाहिर बसेकोमा बुबा, दाजुको डकाई खेप्न नपर्नेभयो । कार्की सलक्क अग्लो जीउ परेको हुनुहुन्थ्यो । अहिले गणना गर्दा त्यो बेला ३५-३६ बर्षको हुनुहुँदो रहेछ । काका वितेको तीन बर्ष नै भइसकेको थियो । त्यसैले काकीमा चिन्ताले अलिक बढ्यौली थपेको थियो ।

काकीले खाना पकाएर दिनुभयो । हामी एकछि पढ्यौँ । एउटा कोठामा दुई दिदि सुत्नुभयो । काकी, भाई म र दुई बहिनी एउटै कोठामा सुत्यौ । दुई तले घर पहिलो तलामा भान्सा थियो । माथिल्लो तला एक ठाँउ बारेर दुई कोठा बनाइएको थियो । त्यतिबेला म ९ बर्षको रहेछु । अहिले १० बर्ष वितिसकेको छ । हामी सुतिसकेपछि अघि आगो ताप्न आएका ५-७ जना गाँउकै काकाहरु पर्ने घरमा कोठामा आए । तल्लो तलामा धेरै मानिस भेला भइसकेका रहेछन् ।

उनीहरु एकैचोटी कोठामा छिरेर पेट कस्को बोकिस् भन्दै काकीलाई झपारी रहेका थिए । काकीले केही बोल्न सक्नुभएन । त्यही बेला त भाई र मैलेपनि कुरै बुझिनौँ । पेट बोक्ने भन्ने शब्द त्यति बेला बुझ्न सकेको थिइन । एकछिनपछि गाँउकै ४-५ जना महिला आएर काकीलाई ल’तार्दै त’ल्लको तलामा झारे । काकी ठुलो स्वरले रुन थाल्नुभयो ।

त्यतिबेला सम्म हामी बाहिर आइसकेका थियौँ । तल आँगनको बीचमा कार्कीलाई सबैले झ’पा’र्दै थिए । पो’ई टो’के’र अ’र्कै’सँग स’ल्कि’दै हाम्रो कुलघरानको नाक का’टिस् है’न भन्दै महिलाहरुले पि’टि’र’हेका थिए । काकीको पेट निक्कै ठुलो देखिएको थियो । पटुका बाँधेर छोप्दै हिँडेर हामीलाई कु’हाईस् हैन भन्दै काकीका कपडा तलै पुग्ने गरि ल’तार्दै थिए ।

त्यत्तिकैमा पुरुषहरु बेस्सरी चर्किए । कसको हो ? कति महिनाको भयो ? काकी फेरीपनि केही जवाफ दिन सक्नुभएन । एक ठुला ठालु मानिएकाले पुलिस बोलाएर जेलमा को’चीदि’ने भन्दै ध’म्कि’ दिए । त्यसपछि काकीले कुरा खोल्नुभयो । गाँउकै युवासँगको असुरक्षित सम्ब’न्धपछिको भु’क्त रहेछ त्यो । ७ महिना वितिसकेको रहेछ ।

रातारात ती युवालाई त्यही झिकाइयो । गाउँमा ठुलो भेला भयो । कचहरी बोलाईयो । सबै गाँउलेले ती युवक र काकीलाई उज्यालो नहुँदै गाँऊ छोड्नुपर्ने निर्णय सुनाए । ‘ग’र्भे’ टु’हु’री काखे नानी बेस्सरी रोई काकीलेपनि वलिद्र आँशुका धारा बगाउनुभयो ।

उहाँलाई त्यो रातपछि उज्यालो नफर्किदै डाँडा क’टाई’यो । आज दश बर्ष वितेको छ । उहाँ कहाँ हुनुहुन्छ । कुनै खोटखबर छैन । त्यो रात देखि काकाका छोराछोरी आमाबाट ‘जि’उँ’दै’ टुहुरा बने । बाबु पहिले नै गुमाईसकेका थिए । काकी गलत नै भएपनि के समाजले चै न्याय गर्यो त ? अहिलेसम्मको अनुत्तरित प्रश्न तपाई पाठक बर्गलाई ।

१५ आश्विन २०७७, बिहीबार १४:३८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल