|  

पहिरोले बास र परिवार नै उजाडियो, विद्यालयमा किरिया बस्दै

१५ आश्विन २०७७, बिहीबार १६:१७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताउनुभयो । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो”, मनिषाले भन्नुभयो, “दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ” । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताउनुभयो ।

१५ आश्विन २०७७, बिहीबार १६:१७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल