|  

मेरो कोखमा ज’न्मिनेछिन् बझाङकी स’म्झना, नेपाली ना_रीहरुका लागि उनै लड्नेछिन् : सोनिका

१५ आश्विन २०७७, बिहीबार १७:४० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


कठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको परिवारले अहिलेसम्म पनि न्याय पाउन सकेको छैन । यो घटनाले नेपालको अन्तराष्ट्रि रुपमा पनि कडा रुपमा आलोचना भइरहेको छ । निर्मला प्रकरणमा वर्ष बित्दा पनि सरकारले को दोषी हो भनेर पत्ता लगाउन सकिरहेको छैन ।

योबीचमा बझाङकी सम्झना कामी को घटना बाहिर आएको छ । जसले एक पटक फेरी सबै नेपालीहरुलाई सोच्न बाध्य बनाएको छ । वर्ष वितिसक्दा पनि निर्मला पन्त लाई न्याय दिलाउन नसकेका नेपालीहरु अहिले फेरि सम्झनाको न्यायका लागि लडिरहेका छन् । यो भिडमा लामो समयदेखि संघर्षरत सोनिका रोकायाले पनि सम्झनाको न्यायका लागि आवाज बुलन्द गर्दै आएकी छिन् ।

सोनिकाले फेसबुकमा लेखेकी छिन, ‘हार्दिक श्रदाञ्जिल सम्झना । मेरो विवाह भएछ भने सम्झनाले फेरी मेरो कोखबाट जन्म लिनेछ । सम्झना राख्नेछु छोरीको नाम र उ लड्नेछ नेपाली नारीहरुका लागी’ आज जिल्लाका केही राजनीतिकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा सम्झनाको अन्त्येष्टि गरिएको छ ।

सम्झना को घटनामा संलग्न मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको थियो । आज भन्दा आठ दिन पहिले अर्थात ७ असोजमा मष्टा गाउँपालिका–२ खिकालाकी सम्झनाको लाश सिममन्दिरभित्र फेला परेको थियो । आज सरकारले दिएको १० लाख राहत र सम्झनाको लाश परिवारले बुझेको छ ।

योबीचमा सोनिकाले एक भिडियो सन्देश पनि सामाजिक सञ्जाल फेसबुकमा राखेकी छिन् । भिडियोमा उनी भन्छिन्,‘ तिम्रो न्यायका लागि प्रत्येक दिन लागिपरेकी थिए । त्यसैले होला आज आकाश पनि हाँसेजस्तो लाग्यो । आज सम्झना विश्वकर्माको अन्तिम संस्कारमा हामी उपस्थित भएका थियौँ । मन एकदमै तरङ्गित भएको थियो ।’

१५ आश्विन २०७७, बिहीबार १७:४०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल