|  

श्रीमानलाई पिटिक्कै मन नपर्ने श्रीमतीका ७ बानी, तपाईमा पनि छ की

१५ आश्विन २०७७, बिहीबार १९:४१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


श्रीमान्श्री-मतीबीचको सम्बन्ध निकै नै महत्वपूर्ण हुन्छ । जब दुई फरक विचार भएका व्यक्तिहरुसँगै बस्न थाल्छन्, दुवैमा माया-प्रेम बढ्दै जानु स्वाभाविक नै हो । तर त्यसरीसँगै बस्दा दुवैलाई एक-अर्काको कतिपय बानीहरु मन पर्दैन ।

जसका कारण दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ । श्रीमान्श्री-मती दुवैलाई एक-अर्काको नराम्रो बानीका कारण सँगै बस्न, केही कुरा भन्न मन नलाग्ने हुन सक्छ ।

त्यसैले श्रीमान्श्री-मती दुवैले एक-अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ । जसका कारण तपाईंको वैवाहिक सम्बन्ध सुमधुर बनिरहन सहयोग पुग्छ ।

आज हामी श्रीमतीका केही त्यस्ता बानीहरुको बारेमा बताउँदै छौं, जुन प्रायः श्रीमानहरुलाई मन पर्दैन ।

अरुको प्रशंसा

प्रायः श्रीमतीहरु आफ्नो श्रीमानको मुखबाट अन्य महिलाको प्रशंसा सुन्न चाहँदैनन् । श्रीमान् अन्य कुनै महिलाको प्रशंसा गरेमा श्रीमतीको मनमा इर्ष्या उत्पन्न हुन थाल्छ । मनमा शंकाको बढ्छ । आफ्नो श्रीमान् ती महिलाप्रति आकर्षि भएको त होइन, भनेर सोच्न थाल्छन् ।

केही महिलाहरु त भावुक भएर श्रीमानलाई व्यंग्य गर्दै ठुस्स परिदिन्छन् । कतिपय महिलाहरु त ‘तपाईंलाई मेरो कुनै कुरा मन पर्दैन’ भन्न पनि पछि पर्दैनन् ।

कतिले त ठट्टै ठट्टामा आफ्नो श्रीमानलाई ‘त्यही महिलाकहाँ जानू न’ समेत भनिदिन्छन् । श्रीमानलाई श्रीमतीको यस्तो बानी पटक्कै मन पर्दैन ।

यौन सम्बन्धलाई हतियार बनाउनु

यौन सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो । तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन् ।

उनीहरु श्रीमानसँग कुनै कुरामा मनमुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव दिनुपर्‍यो भने सबैभन्दा पहिलो काम श्रीमानलाई यौन सम्बन्धबाट वन्चित गर्छन् ।

एउटै ओछ्यानमा सुते पनि उनी श्रीमानको विपरित दिशातिर मुख फर्काएर सुत्छन् । श्रीमानलाई श्रीमतीको यो कुरा पनि मन पर्दैन ।

घुमाउरो पाराले कुरा गर्ने

कतिपय श्रीमतीहरु कुनै पनि कुरालाई स्पष्ट रुपले व्यक्त गर्दैनन् । उनीहरु सधैं घुमाइ-फिराइ गरेर कुनै कुराको संकेत दिने प्रयास गर्छन् ।

१५ आश्विन २०७७, बिहीबार १९:४१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल