काठमाडौँ । दिनभरको आहारमा विहानको नास्ता सबैभन्दा महत्वपूर्ण मानिन्छ। ब्रेकफास्ट नगर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ। कयौँ अध्ययनमा यो कुराको पुष्टी भइसकेको छ की ब्रेकफास्ट सेवन नगर्दा कयौँ प्रकारका गम्भिर बिरामी हुनेको सम्भावना रहन्छ।
ब्रेकफास्ट गनर्दा हुन्छ यी ५ असर
१)डायबिटीज
ब्रेकफास्ट नगर्दा डायबिटीज हुनेको ख’तरा निकै हतसम्म बढ्ने गर्दछ। हार्वर्ड यूनिवर्सिटीको एक अध्ययनबाट यो कुरा पत्ता लागेको थियो की, जो महिलाले ब्रेकफास्ट गर्दैन तिनीहरुमा टाइप २ डायबिटीज हुने सम्भावना २० प्रतिशत भन्दा बढी हुने गर्दछ।
२) वजनमा वृद्धि
यदी तपाईले ब्रेकफास्ट गर्दा वजन बढ्छ भन्ने सोच्नुहुन्छ भने त्यो एकदमै लगत हुनेछ। कयौँ अध्ययनबट यो कुराको पुष्टी भइसकेको छ की प्रत्येक दिन ब्रेकफास्ट गर्दा शरीरको वजन सही हुने गर्दछ। किनकी जुन व्यकितले ब्रेकफास्ट गर्दैन त्यो व्यकितले लन्च वा डिनरमा धेरै खाने भएकाले वजन बढ्ने गर्दछ।
३) मेटाबोलिज्ममा असर
ब्रेकफास्ट नगर्दा शरीरको मेटाबोलिज्ममा नोक्सान पुग्ने गर्दछ। दिनभर कुनै खाने आहारा नखादा शरीरमा नकारात्मक असर पर्ने गर्दछ । त्यस्तै लामो समयसम्म नखादा शरीरमा क्यालोरी उत्पादनको क्षमता प्रभावित हुने गर्दछ।
४) भोकसँगै रिस उठ्नु
धेरै लामो समयसम्म भोकै बस्दा केही व्यक्तिलाई रिस उठ्ने गर्दछ। एक अध्ययनका अनुसार जुन पुरुषले हरेक दिन ब्रेकफास्ट गर्छ भने उसको मुड अरु व्यक्तिको तुलनामा राम्रो हुने गर्दछ। यस बाहेक ब्रेकफास्ट नगर्दा ब्लड सुगरको स्तरमा पनि कमी हुने गर्दछ। चक्कर आउने तथा टाउको दुख्ने समस्या हुने गर्दछ।
५) मुख गनाउनु
ब्रेकफास्ट नगर्दा स्वास्थ्यमा मात्रै नकारात्मक असर पर्दैन्, तपाईको जीवन समेत प्रभावित हुने गर्दछ। ब्रेकफास्ट नगर्दा मुखमा सलाइवाको मात्र कम हुने हुँदा ब्या’क्टेरिया टाढा रहन पाउदैनन् र मुखमा गन्ध आउने गर्दछ।