|  

६ यात्रुमा कोरोना पुष्टि भएपछि हङ्कङले नेपाल एयरलाइन्सलाई गर्यो कारवाही, १४ दिन उडान रोक्ने

२० आश्विन २०७७, मंगलवार १७:२८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं, २० असोज । हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयरलाइन्सले २ साता हङकङ तर्फको उडान अनुमति पाउने छैन ।

नेपाल एयरलाइन्समा यात्रा गरेका ६ जनाको कोरोना भाइरस पुष्टि भएसँगै हङ्कङले कारवाही गरेको हो । कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपार्ट चाहिन्छ । सोही प्रवधान अनुसार यात्रा गराइएका ६ जनाको हङ्कङ पुगेपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

यता नेपाल एयरलान्स कम्पनीले भने यात्रुको लापरवाहीका कारण यो परिस्थिती सृजना भएको जनाएको छ । यहाँ पीसीआर नेगेटीभ हुनु र उता गएर पीसीआर पोजेटिभ आउनु यात्रुको कमजोरी भएको नेपाल एयरलाइन्ले बतायो । पीसीआर परिक्षणपछि यात्रु असावधानीका साथ यताउता बजार निस्केको हुनसक्ने एयरलाइन्स कम्पनीको भनाइ छ ।

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका यात्रुमा सोमबार कोरोना पुष्टि भएको थियो । अब नेपाल एयरलाइन्सले १७ अक्टोवरबाट मात्रै हङ्कङको उडान भर्न पाउनेछ ।

२० आश्विन २०७७, मंगलवार १७:२८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल