|  

कोरोनाको खोप विश्‍वभर पठाउने चीनको तयारी, डब्लूएचओसँग छलफल गर्दै

२१ आश्विन २०७७, बुधबार १०:५० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


बेइजिङ । चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ ।

चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो । चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ । र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ ।

दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् । उनीहरुले ती खोप पाकिस्तान, ब्राजिल, रुस र यूएईमा परीक्षण गरेका छन् । गत महिना यूएईले चिनियाँ खोपलाई आपतकालिन परीक्षणको अनुमति दिएको हो ।

२१ आश्विन २०७७, बुधबार १०:५०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल