काठमाडौ । मंगलग्रहका बारेमा वैज्ञानिकहरुले अनौठो कुरा बताएका छन् । वैज्ञानिकहरुको अनुसन्धान गर्न एउटा राम्रो माध्यम र विषय बनेको रातो ग्रहको नामले चिनिने मंगल ग्रह यो महिना भरी पृथ्वीवाट देखिने भएको छ । सौर्यमण्डलको नजिकै आएका कारण यो महिना भरी मंगल ग्रह पृथ्वीवाट देखिने भएको हो । वैज्ञानिकहरुले अक्टोबर महिनामा पृथ्वी नजिक आएका कारण यस्तो दुर्लभ अवसर पाइने जनाएका छन् ।
नजिक आएको कारण यो महिनाभर रातको समयमा पृथ्वीबाट मंगल ग्रह स्पष्ट रुपमा देख्न सकिने वैज्ञानिकहरु बताउँछन्। हरेक बेलुका पूर्वबाट रातो ताराजस्तो देखिने बस्तु मंगल ग्रह हो, जुन बिहान पश्चिम तिर देखिने बताइएको छ।
वैज्ञानिकहरुका अनुसार यसअघि सन् २००३ मा मंगल ग्रह पृथ्वी नजिक आएको देखिएको थियो। यस महिनापछि अब एकैपटक सन् २०३५ मा मात्र यो ग्रह पृथ्वीको नजिक आउने बताइएको छ।
आज राति नेपाली समयअनुसार ८ बजेर ३ मिनेट जाँदा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आउनेछ र त्यसलाई हामीले देख्न सकिने सीएनएनले जनाएको छ। त्यसबेला मंगल ग्रह पृथ्वीभन्दा ३ करोड ८५ लाख ८६ हजार ८१६ सय माइल टाढा हुनेछ।