|  

सडकपेटीमा भेटिएका को’रोना सं’क्रमित भन्छन- पैसा लिएर आउँछु भनेको थिएँ, रोग बोेकेर घर जान सकिनँ

२६ आश्विन २०७७, सोमबार २१:०३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : टेकु अस्पतालले दिएको को’रोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् सास फेर्दा घरघर आवाज आउँछ। ६२ वर्षीय सोम बहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिन्छन । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक ।

आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ । ज्व’रोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने ड’र छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।

मुहारबाट कान्ति ह’राएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घर घर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइड लाइन अनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनु पथ्र्यो । ज्व’रो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो ।

तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिना अघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृ,त्युसँग संघर्ष गरिरहेका छन् । बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी÷सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो ।

साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे । चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

२६ आश्विन २०७७, सोमबार २१:०३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल