केही दिनअघि सार्वजनिक यातायातमा व्यक्तिगत दुरी कायम राखिरहेका दुई महिलाको वार्ता यस्तो थियोः ‘आप्पोई, तिम्लाई टिकटकबारे थाहै छैन त ? ढाँटेको होला !’नजिकै बसेकी अर्की महिलाले ठूलै कुरा गु’माएको भाव व्यक्त गरिन्। त्यसपछि ती महिलाले टिकटकको बखान सुरु गरिन्।टिकटकमा भएका राम्रा गीतमा आफैँ हिरोइन बनेर भिडियो बनाउन पाइन्छ, हिरो हिरोइनले जस्तै डाइलग बोल्न पाइन्छ।
नाच्न पनि पाइन्छ। अझै आफैँले अलि दिमाख लाएर भिडियो बनाउने हो भने त भाइरल पनि भइन्छ। तिम्लाई थाहा छैनरैछ, टिकटक बनाएर कति केटीहरु त हिरोइनै बनिसके !’अर्की महिलाको अनुहार भने नि’न्याउरो थियो किनभने यतिधेरै फाइदा भएको टिकटकबारे उनले थाहै पाएकी थिइनन्।चिनियाँ कम्पनीले बनाएको तर त्यहाँ प्रायः प्रयोग नहुने म्युजिकल्ली हिजोआज नाम परिवर्तन भएर टिकटक भएको छ। भारतमा लोकप्रिय भएपछि नेपालमा पनि छिरेको टिकटक अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एपमध्येमा पर्छ। फेसबुकपछि सबैभन्दा धेरै यही प्रयोग हुने केहीको धारणा छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******