|  

आफ्नै छोरो टुहुरो जस्तो हिंडिरहेको बेला जनता टुहुरा भएको चिन्ता नगर्नुहोस :- सूर्य थाहा

७ कार्तिक २०७७, शुक्रबार १८:२२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका अवसरमा विहीबार शुभकामना सन्देश सार्वजनिक गरे ।

पूर्वराजा ज्ञानेन्द्रले सन्देशमा भनेका छन् ;जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ ।

संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक बिहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।

पूर्वराजाको उक्त सन्देशमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा टिप्पणी गरेका छन् । उनले शुक्रबार बिहान ‘नेपाली बहस’मा अन्तर्वार्ता दिँदै नेपाली जनताभन्दा पूर्वराजाका छोरा पारस शाह टुहुरोजस्तो भएको टिप्पणी गरेका हुन् ।

सल्लाहकार थापाले पूर्वराजाकै छोरा पोखरातिर भौंतारिँदै बिगोकले हिंडिरहेको भन्दै आफ्नो छोरोको राम्रो हेरचाह गर्न सुझाव दिए । आफ्नै छोरो टुहुरोजस्तो भएर हिंडिरहेको बेला जनता टुहुरा भए भनेर टिप्पणी गर्नु उचित नभएको थापाको जवाफ थियो ।

७ कार्तिक २०७७, शुक्रबार १८:२२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल