|  

भारतका स्थलसेनाध्यक्ष नरवणे नेपाल आइपुगे

१९ कार्तिक २०७७, बुधबार १५:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आईपुगेका छन् । उनको साथै उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसिसिएसन की अध्यक्ष श्रीमती विना नरवणे पनि आएकी छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका छन् ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई विहिअबर राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

१९ कार्तिक २०७७, बुधबार १५:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल