|  

धनगढी रिङ रोडमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको मृ’त्यु

२३ मंसिर २०७७, मंगलवार ०९:५३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


धनगढी रिङ रोडमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको मृत्यु Accident सुदूर प्रेस संवाददाता धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर– ३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी १७ वर्षीया युवती मनीषा श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् ।

धनगढी–३ बस्ने ३० वर्षीय ट्याक्टर चालक सञ्जीव रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२३ मंसिर २०७७, मंगलवार ०९:५३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल