नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला आफ्ना छोराछोरी पनि जंगलमै लगेर हिँडेको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेकोमा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् ।यस्तोमा शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले ओलीलाई जवाफ दिँदै भावुक भएका छन् ।
सम्बोधनका क्रममा उनले भने, मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’
यो पनि पढ्नुहोश:नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मुलुकमा विध्वंस मच्चाएर तमासा देखाउन तल्लीन रहेको आरोप लगाएका छन्।विराटनगरमा शुक्रबार जारी विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीले गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वको संबैधानिक उपलब्धि भत्काउन खोजेर तमासा देखाएको बताएका हुन्। उनी तमासा मात्रै देखाइरहेका छन्,’ नेपालले भने, ‘यो तमासा धेरै चल्ने छैन।
अब ओली र उनको गुटमा मातम छाएको छ । उनको हाल ओरालो लागेको अवस्था भएको छ।’सहकर्मी नेतादेखि न्यायाधीश, पत्रकारदेखि नागरिक समाजसम्मको अपमान गरेर ओलीले आफूलाई राजनीतिक रुपमा तानाशाह सावित गरेको उनको आरोप थियो। ‘तर, अब देशव्यापी रुपमा उनका विरुद्ध उर्लेको जनलहरले त्यो तानाशाही ढाल्नेछ,’ उनले भने ‘सही र न्याय कहिले हारेको छैन। विचरा ओलीसँग कसरी हार्छ?’