यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |
महेन्द्रनगर । नेकपाको प्रचण्ड–माधव समूहले आज नेपाल बन्दको आह्वान गरेको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी आमहड्तालको आह्वान गरेको हो । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
कंचनपुरमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेका छन् भने । त्यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् ।
आजको बन्दमा देशभरका अस्पताल, एम्बुलेन्स, पत्रकार दुध, पानी, कुटनीतिक नियोग, प्रहरी र सेना बाहेक सबै यातायात र बजार पूर्ण रूपमा बन्द हुने नेकपाले जनाएको छ ।