|  

आमहड्ताल रहर नभएर बाध्यता हो, माफी चाहन्छौं

२४ माघ २०७७, शनिबार ०९:०३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। बिहीवार आमहड्ताल गरेको नेकपाको प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो।

उहाँले भन्नुभयो – ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी ! हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’
प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो पार्टीको नीति र नियम नभएको पनि दाबी गर्नु भएको छ।

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले निर्णय गरि नसकेकाले एमसीसीविरूद्ध नाराबाजी नगर्न कार्यकर्तालाई रोकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आफ्नो समूह निकटका पत्रकारहरूसँगको अन्तरक्रियामा दाहालले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा भएको आमहड्तालमा अरू नारा घुसेपछि त्यसलाई रोक्न खोजिएको प्रष्ट्याए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए ।

बिहीबार आम हड्तालका क्रममा पुल्चोकमा एमसीसी खारेज गर भन्ने नारा लागेपछि दाहालले सो नारा रोक्न नेतृ पम्फा भुषाललाई निर्देशन दिएका थिए ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले गरेको बन्दप्रति कटाक्ष गरेका छन्। बिहीबार किसान महासंघको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सास्ती दिने बन्द गरेर प्रचण्ड आफू गाडी चढेर जनताले सास्ती पाएको रमिता हेर्न गएको बताएका हुन्।

‘जनतालाई सास्ती दिने गरी बन्द गर्ने अनि जनताले पाएको सास्ती हेर्न उहाँ (प्रचण्ड) गाडी चढेर रमिता हेर्न जानु भएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्का माधव नेपाललाई गाडी चढेरै जान अलि शरम भएछ उहाँ बाइक चढेर रमिता हेर्न जानु भएछ।’

कार्यकर्ता कम भएका कारण उनीहरु आफैं बन्दमा सहभागी भएको ओलीको टिप्पणी थियो। ‘कार्यकर्ता सिद्धिए छन्,’ ओलीले भने, ‘कार्यकर्ताजति यता (आफूतिर) छन्। उहाँहरुको पक्षमा कार्यकर्ता भएको आन्दोलनमा जानू।’

प्रधानमन्त्री ओलीले प्रचण्ड आक्रामक गरी आउने र धाकधक्कु लगाउने गरेको भन्दै धक्कु नलगाउने चेतावनी दिए। ‘अहिले कानुनको राज छ, संविधान मान्दिन, कानुन मान्दिन भन्ने दिए गए,’ प्रधानमन्त्री ओलीले भने। प्रचण्डले कहिले अदालतलाई धम्याएको त कहिले निर्वाचन आयोगलाई धम्क्याएको भन्दै कानुनी राजमा कसैलाई धम्की दिन नमिल्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले जनता धरै बुझ्ने भएको तर केही नेता अझै पनि अबुझ भएको टिप्पणी गर्दै ठूलो सुँढ भएका नेता अहिले केही नबुझेर सडकमा गएर बसेको टिप्पणी गरे।

२४ माघ २०७७, शनिबार ०९:०३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल