|  

सबै मिलेर सडक ठप्प पारौं, केपी ओलीले घुँडा टेक्छन्: डा. भट्टराई

२६ माघ २०७७, सोमबार १०:५३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद् विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा डा.भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे ।

‘कांग्रेस, नेकपा प्रचण्ड–नेपाल पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने,ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईले ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको बताए ।

‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने ।

कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२६ माघ २०७७, सोमबार १०:५३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल