|  

प्रदेश मात्रै होईन, अब गाउँपालिका र नगरपालिका खारेज !

२ फाल्गुन २०७७, आईतवार १४:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


तर्कहरू पनि कस्ता–कस्ता आउन थाले भने, प्रधानमन्त्री ३० हजार मानिसलाई ३ लाख दावी गर्दै दलको वैधता पुष्टि गर्न खोज्ने । अनि, उनका वकिलहरू संविधानको कमजोर धारामा टेकेर संसद विघटन सदर हुनैपर्ने जिकिर गर्ने !

संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा जारी बहसका क्रममा विघटनको विपक्षका कानुन व्यवसायीहरू धारा ७६ माथि केनि्द्रत भएर बहस गरिरहेका थिए ।

तर, जब प्रधानमन्त्रीको पक्षबाट राजाको शासनका महान्यायाधिवक्ता सुशील पन्तहरूले बहस गर्न थाले, तब उनीहरूले तर्कलाई संविधानको धारा ७४ तिर ताने । धारा ७४ भनेको कार्यकारी अधिकारको दफा हो ।

यदि त्यसो भन्ने हो भने फेरि धारा ५६ मा बहस जाने कानुन व्यवसायीहरू बताउँछन् । उक्त धारामा भनिएको छ, …संघीय लोकतानि्त्रक गणतन्त्र नेपालको राज्यशकि्तको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र प्रचलित कानुनको अधीनमा रही गर्नेछन् ।

अर्थात्, राज्यशकि्तको प्रयोग त स्थानीय तहले पनि गर्न पाउने छन् । यदि यही तर्कका आधारमा सभा भंग गर्न पाइने हो भने भोलि गाउँपालिका र नगरपालिकाका प्रमुखहरूले आफ्नो स्वेच्छाचारी कदम चाल्न नसकेको नाममा आ–आफ्ना निकाय भंग गरिदिने अवस्था उत्पन्न हुन्छ ।

त्यसैले भनिन्छ, यो दह्रो तर्क हैन । तर्क सकिएपछिको कुतर्क हो । अर्थात्, कुनै कुरा संविधानमा लेखिएको छैन भन्ने नाममा त्यो काम गर्न पाइन्छ भन्ने तर्कलाई कानुन व्यवसायीहरू …बाल हठ को संज्ञा दिन्छन् । शम्भु थापाले इजलाशमा प्रश्न गरेका छन्–

…लेखिएजति तपाईंलाई, नलेखिएजति मलाई भन्न पाइन्छ ? कानुनी व्यकि्तलाई लेखेर दिएकोबाहेक अरु गर्न पाइँदैन । प्रधानमन्त्री कानुनी व्यकि्त हो । कानुनको मान्यता पनि छ– लेखिएजति काम सरकारको हुन्छ, नलेखिएको जति जनताको र, कानुनी व्यकि्त र प्राकृतिक व्यकि्तबीचको अन्तर पनि यही हो ।

२ फाल्गुन २०७७, आईतवार १४:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल