महेन्द्रनगर :- सुदूर पश्चिमका पछिल्ला समयका चर्चित गायक ,कम्पोजर एन डी ठकुरीको नयाँ गित पियारी सार्वजनिक भएको छ भने केटी तर्फ एलिना चौहानको रहेको छ ।
सो म्युजिक भिडियोमा एन।डी। ठकुरीको सङ्गीत रहेको छ भने शब्दमा भने गायक ठकुरीलाई दिपक संगम बिसिले साथ दिएका छन् । पियारी गितमा एरेन्ज दिपक संगम बिसि,मिक्सिङ खडक बाजुरालीले गरेका छन् ।
यस्तै म्युजिकको निर्देशन रिसाभ र सम्पादक सुमित कुमारले गरेका छन् । गीतको म्युजिक भिडियोमा स्वयम गितका गायक एन।डी ठकुरी,राधा तिर्वा,रक्की शिंह र शक्षी शर्माले अभिनय गरेका छन् ।
पियारी गितमा माया पिरती अनि सुखदुःख का उत्कृष्ट शब्द शृजना सुन्न र रमणीय ठाउँहरु देख्न सकिन्छ । यो भन्दा पनि पहिलाको कोसेलीको सो गितलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
गायक ठकुरीले बुधबार गितको म्युजिक भिडियो हिमालयन म्युजिक नामक अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।