|  

ओलीलाई नहटा’ए मुलुक ठूलो दु’र्घट’नामा फस्छ : पौडेल

२ चैत्र २०७७, सोमबार १८:५८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दु”र्घट”नामा फस्ने चेतावनी दिएका छन् ।

कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए ।

पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको प्रवृत्ति छर्लङ्ग भएको पौडेलेको भनाइ थियो । अब पनि ओलीलाई सरकारमा टिकिरहन दिए बर्मामा भन्दा ठूलो दु”र्घट”ना घट्ने पौडेलले बताए ।

‘हिजो संसद् विघटन हुनबाट जोगायौं । अब ओलीवादबाट बचाउन जरुरी छ,’ उनले भने, ‘संविधानमा मात्रै प्वाल पारेर नभएर अहिले आफ्नै पार्टी विधान जलाउने काम जसरी ओलीले गरेको छन् ।

भोलि देशको व्यवस्थामाथि नै ‘कु’ नगर्लान् भन्न सकिँदैन ।’ पार्टीको महाधिवेशनमा विजयी भएर जिम्मेवारी पाएका नेताहरुको अधिकार खोस्नेले मुलुकका विरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनले बताए । Ekantipur

२ चैत्र २०७७, सोमबार १८:५८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल