काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयमता देखाए फेरी पार्टी एकता हुनसक्ने बताएका छन् । उनले वालुवाटारमा बसेर ओलीले अरुको पार्टी समेत फुटाउने प्रयास गरेको बताए ।
उनले आफ्नै पार्टीमा देखिएको समस्या समाधान गर्नुभन्दा पनि पार्टी फुटाउनुमै उनको लक्ष्य भएको बताएका छन् । उनले ओली र पुष्पकमल दाहाल प्रचण्डसंग कुराकानी गरेर कम्युनिष्ट एकता कायम राख्दै सर्वोच्च अदालतको फैसलालार्य कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
उनले सर्वोच्चको फैसलाको पुर्णत कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले ओलीको तर्फवाट पार्टी मिलाउन कुनै पहल नभएको आरोप लगाएका छन् । एक भिडियो अन्तरवार्ताका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
तर प्रधानमन्त्री ओली महाधिवेशनमा निर्वाचन जितेको र आम निर्वाचनमा पनि जनादेश लिएरै आएको हो भन्ने कुरा आफुहरुले स्वीकार गरेको भएपनि उनले संसदिय निर्वाचन र पार्टी भित्रको अवस्थाको भेद छुट्याउन नसकेको भट्टराईको आरोप छ ।
संसदिय निर्वाचनमा अन्य पार्टीका दलका नेताहरुलाई पराजित गराएजस्तै आफ्नै पार्टी भित्रका नेताहरुलाई पनि ब्यवहार गरेका कारण समस्या उत्पन्न भएको बताए ।
उनले पार्टी भित्र पराजित भएपनि पराजित भएका उम्मेदवारलाई दिएको मतको पनि कदर गर्नुपर्ने बताएका छन् । उनले माधव नेपालको पक्षमा रहेका धेरै नेताहरुले पनि निर्वाचन जितेर आएकै कारण ओलीले आफुहरुको पनि सम्मानजनक ब्यवहार गर्नुपर्ने बताए । *** समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस***