|  

‘कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामा

११ चैत्र २०७७, बुधबार १५:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधिकरण देशमा बिस्तारै लोडसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् ।

अहिले लोडसेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए । सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आक्रोश पोखेका छन् ।

कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्राधिकरणको हाकिम साबले भन्दै उनले आक्रोश पोखेका छन् । प्राधिकरणलाई लामाको प्रश्न छ, ‘के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?’ अबको केही समयमा इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाउने उनले अनुमान गरेका छन् ।

यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पुर्याउन सक्ने लामाको भनाइ छ ।

लामा लेख्छन्, ‘अबको केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैंनन् अनि जनतालाइ पुरानै ठाउमा पुराउँदैनन् भन्न सकिन्न । यही चालाले पुर्याउनु समय लाग्दैन ।’ अहिले जनताले जे पनि चुपचाप सहने भइसकेको लामाको भनाइ छ ।

जे पनि चुप लागेर सहने भएकाले जनता भनेको के हो पनि बुझ्नै गाह्रो भैसकेको उनले बताए । लामा थप लेख्छन्, ‘हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन । झैझगडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि ?’

११ चैत्र २०७७, बुधबार १५:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल