|  

गुल्मीमा विधार्थीहरुका प्रिय ४५ वर्षीय प्रधानाध्यापक मोटरसाइकल दु’र्घटनामा परि ज्यान गुमाए !

२८ चैत्र २०७७, शनिबार १४:०४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


गुल्मी– गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका -७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर  खत्रीको ज्यान गएको हो  ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दु’र्घटनामा गरेको थियो ।

दु’र्घटनामा ग’म्भीर घा’इते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल सडक बाट ३०० मिटर तल ख’सेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौँडाकोटस्थित गुल्मी दरवार गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भइ साँझ घर फर्किने क्रममा घुम्तीदेखि भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको र गम्भीर घाइते खत्रीलाई जिल्ला अस्पताल तम्घासमा साढे ९ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए । (साभार )

२८ चैत्र २०७७, शनिबार १४:०४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल