|  

ज्ञानेन्द्रलाई राजाको हैसियतमा जथाभावी गर्दै हिड्ने छुट छैन: झलनाथ खनाल

३ बैशाख २०७८, शुक्रबार ११:०७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ। नेकपा एमालेका नेता झलनाथ खनालले पूर्व महाराजधिराज ज्ञानेन्द्र शाहलाई जथाभावी गर्दै नहिड्न चेतावनी दिएका छन्। खनालले ‘पूर्वराजा’को हैसियतमा हिड्न उनलाई स्वतन्त्र भएपनि भारतमा गएर मनलाग्दी गर्ने छुट नभएको बताएका हुन्।

खनालले भने, ‘ज्ञानेन्द्र नेपाली नागरिक हुन्। यद्धपी उनले कही कतैबाट नागरिकता लिएको मलाई थाहा छैन। पहिले पहिले राजा महाराजहरुले नागरिकता लिने चलन थिएन। तर नागरिकता लिनु पर्छ। उनले लिएका छैनन् भने नागरिकता लिएर हिंड्नु पर्यो। जथाभावी गर्दै राजाको हैसियतमा हिड्न भएन।’

खनालले भारतीयहरुले नेपालका पूर्व महाराजलाई महाराजकै उपाधी दिएपनि नेपालीले भने सामन्ती राजालाई कुनै ठाउँ नदिने बताए। उनले भने, ‘भारतीयहरुको कुरा भयो उनलाई सम्मान दिने कुरा। नेपाली जनताको सार्वभौमसत्ता नेपालीमा छ त्यो उनीहरुले बुझ्नु पर्यो। नेपाली जनताले चुनेका प्रतिनिधि नै देशका मालिक हुन् राजा होइनन्।’

त्यस्तै, नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पूर्वराजाको गतिविधिमा शंका गर्ने ठाउँ रहेको बताएका छन्। देशमा केपी ओली जस्ता व्यक्ति प्रधानमन्त्री भएको स्थितिमा पूर्व राजा मात्र नभई देशी-विदेशी शक्तिको पनि भय गर्नु पर्ने बेला भएको उनले बताए।

३ बैशाख २०७८, शुक्रबार ११:०७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल