|  

फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको निधन,मनमा अलिकति दया माया छ भने #RIP लेख्नुहोला !

८ जेष्ठ २०७८, शनिबार ०९:४७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा निधन भएको छ ।

वैशाख २६ गते पोखराको जिएमसी अस्पतालमा भर्ना भएका तामाङको बिहान ३:३० बजे निधन भएको हो । एएफसी ए लाइसन्स कोर्ष गर्नका लागि तामाङ केहि महिना अघि स्वदेश फर्केका थिए । हङकङमा फर्कने योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागेपछि तामाङ पोखरामै थिए ।

पारिवारिक श्रोतका अनुसार हङकङबाट आउँदा देखि नै खोकी लागिरहेको र औषधी खाइरहेका तामाङलाई अलि गाह्रो भएपछि वैशाख २६ गते अस्पताल लगिएको थियो । त्यहाँ परिक्षण गर्दा उनलाई कोराना पोजेटिभ देखिएको थियो । एक दशक भन्दा लामो समय देखि परिवारसहित हङकङ बसोबास गर्दै आएका तामाङ पोखराको सहारा क्लबको पहिलो पुस्ताका खेलाडी थिए ।

पछि उनले सहारा क्लबको फुटबल टोली र एकेडेमीलाई पनि प्रशिक्षण दिएका थिए । उनले भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका थिए । सहारा हङकङका उपाध्यक्ष समेत रहेका तामाङ यसपटकको आहा रारा गोल्डकप आयोजना हुँदा पोखरामै थिए । लामो समय फ्रेन्ड्स क्लब र केहि समय तामाङले आरसिटीबाट पनि फुटबल खेलेका थिए

सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले तामाङको निधन परिवारका लागि ठूलो क्षति भएका बताए । तामाङका श्रीमती र १ छोरा हङकङ मै छन् । ‘परिवारका लागि अपुरणीय क्षति भयो’, थकालीले भने, ‘सहारा परिवारले आफ्नो सदस्य गुमाएको छ । यो क्षति कहिल्यै पूरा हुँदैन ।’

४ दाजुभाई र ३ दिदीबहिनीका मध्येका कान्छा छोरा तामाङका आमाबुवा बेलायतमा बस्ने धिरजले बताए । उनको आज नै पोखरामा अन्त्यष्टि हुनेछ ।
onetouchpost

८ जेष्ठ २०७८, शनिबार ०९:४७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल