|  

हार्दिक बधाई : युवा नेता महेश बस्नेत गृहमन्त्री बन्दै

२१ जेष्ठ २०७८, शुक्रबार १६:५६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले हिजो राती जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलपछि आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।गृहमा आफ्ना विश्वासपात्र बस्नेतलाई ल्याउने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

जसपाका मन्त्रीहरुसँगै बस्नेतको पनि सपथ हुने बताइएको छ । आशलाग्दो नेताका रुपमा छवि बनाएका युवा नेता बस्नेत गृहमा आउने भएपछि युवा पंक्तिमा खुसीयाली छाएको छ । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

२१ जेष्ठ २०७८, शुक्रबार १६:५६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल