|  

सेनाको तालिम गरिरहेका जवान १९ वर्षीय अर्जुनको मृत्यु

२१ जेष्ठ २०७८, शुक्रबार २३:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


अर्घाखाँची – शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् । नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ ।

त्यस्तै आज ठूलो संख्यामा कोरोनाका बिरामीले जिते कोरोनालाई – नेपालमा आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

२१ जेष्ठ २०७८, शुक्रबार २३:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल