|  

कृपया स्यस्थ्य लाभ लेख्न नभुल्नु होला है,, अचानक मुटुमा समस्या आएपछि बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

२५ जेष्ठ २०७८, मंगलवार ०८:२८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । अचानक मुटुमा समस्या आएपछि बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना हुनु भएको हो ।उहाँको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभयो ।

हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताउनुभयो ।हाल उहाँको अबस्था खतरा मुक्त रहेको पनि जानकारी दिइएको छ । श्रेष्ठ केही अघि मात्र कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो ।

कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उहाँ रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुनुहुन्छ । त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी हुनुहुन्छ ।

उहाँका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै हुनुहुन्छ । बहिनीहरू साधना र सविनाचाहिं यतै । उहाँका पिताका चारवटा पत्नी हुनुहुन्थ्यो । मदनकृष्ण जन्मेको ६ महिनापछि उहाँकी आमा लक्ष्मी बित्नुभयो ।

त्यसपछि अर्को विवाह गर्नुभयो । उहाँ पनि बितेपछि फेरी अर्को विवाह गर्न पुग्नुभयो । दुई पत्नीबाट जायजन्म भएनन्। कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्नुहुन्थ्यो । मदनकृष्ण भन्नुहुन्छ आमाकै जति माया मैले कान्छीआमाबाट पाएको छु।

मदनकृष्णको बाल्यकाल काठमाडौँ जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्नुहुन्थ्यो । त्यहाँ उहाँका थुप्रै साथीहरू हुनुहुन्छ । रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उहाँको सम्झना अझै ताजा छ । उहाँको स्कुले जीवन अलि डामाडोल नै रह्यो!

१ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढ्नुभयो । २, ३, ४ जितपुरफेदीमा पढ्नुभयो । ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास चै शान्ति निकुञ्जबाट भएको छ ।

म पढ्नमा कमजोर थिइनँ। तर, बलियो हुन पनि पाइनँ उहाँले भन्नुहुन्छ । एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गर्नुभयो । बीकमको प्राइभेट जाँच दिनुभयो । अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो!

लामो समय देखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको थियो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । मदनकृष्णपनि मुटुको बिरामी हुनुहुन्छ ।

२५ जेष्ठ २०७८, मंगलवार ०८:२८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल