|  

पौडी खेल्न गएका फुटबल खेलाडी सहित ५ जना आँखुखोलामा डुबेर बेपत्ता ?

२७ जेष्ठ २०७८, बिहीबार ११:४२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


धादिङ, २६ जेठ । धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डुब्दा बेपत्ता भएका छन् । बुधबार बिहान ८ बजेतिर साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका श्रेष्ठ बेपत्ता भएका हुन् । नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् । उनी बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको छ ।

यस्तै धादिङको त्रिशुली नदी गजुरी खण्डमा १ जना र बुढीगण्डकी ज्वालामुखी खण्डमा ३ जना गरी ४ जना मंगलबार एकैदिन वेपत्ता भएका छन् ।त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका १ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन् ।

सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएका हुन् । नेपाली सेना प्रहरीले राती सम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ । यस्तै बुढी गण्डकीमा वेपत्ता भएका ज्वालामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् । यी सबैको मंगलबार अवेर सम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुन: आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरु भएको प्रहरीले जानकारी दिएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२७ जेष्ठ २०७८, बिहीबार ११:४२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल