|  

राजेन्द्र महतोलाई नागरिकता देखाउन ७ दिनको समय, नदेखाए उपप्रधानमन्त्री पदबाट हात धुनुपर्ने ।

१ असार २०७८, मंगलवार ०८:५२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता सार्वजनिक गर्न जोडदार माग उठेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेको हो ।

सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ । आइतबार सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नयाँ नेपाल पार्टीले नेपालको नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।

‘खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको नागरिकताको सबालमा बर्षौदेखि प्रश्न उठी रहेको छ । तपाईलाई भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिएको आरोप लाग्दै आएकोले तपाईले नागरिकता झुटो विवरण पेश गरी लिएको दावी सहित नयाँ पार्टी, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमासमेत उजुरी दर्ता गरी आवश्यक कारबाही भई रहेको छ ।’

महतोलाई बुझाएको पत्रमा भनिएको छ, ‘तपाईमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग गर्दै आफ्नो सक्कल नागरिकता, आफ्नो पिताको नागरिकता, नेपाली हो भनी पुष्टि गर्ने कम्तीमा १० पुस्ताको पुस्तेवारी, राजेन्द्र सुडी महतो नेपाली हो भनी प्रमाणित गर्ने विशेष गाँउ, वडाको कम्तीमा १०० जनाले प्रमाणित गरेको सर्जमिन मुचुल्का सहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न तपाई राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी, नेपाल ७ दिने अल्टिमेटम दिन चाहन्छ ।’

उल्लेखित कागजात जुटाउन नसक्ने भए सोही समयभित्र आफू भारतीय नागरिक भएको व्यहोरासहित नेपाल सरकार समक्ष आत्मसर्मण गरी आवश्यक अनुसन्धानमा सहयोग गर्न पनि नयाँ पार्टीले अनुरोध गरेको छ । साथै निष्पक्ष छान वि नका लागि पदबाट राजीनामा दिन समेत सल्लाह दिएको छ । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

१ असार २०७८, मंगलवार ०८:५२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल