|  

फेरी अर्का वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु

१ असार २०७८, मंगलवार १६:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


फेरी अर्का वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु काठमाडौं- वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले उहाँ आज

बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए।

उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए।

उनले भने,‘हामीले मेडिसिन विभागमा सँगै काम गरेका थियौँ। उहाँ हामीभन्दा पनि सिनियर फिजिसियन हुनुहुथ्यो। आफ्नो समयको नाम लिइने इमान्दार र डेडिकेटेट फिजियसनमा हुनुहुन्थ्यो।‘

१ असार २०७८, मंगलवार १६:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल