|  

आज साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिँदै देउवा, ओलीले २ बजे बालुवाटार छाड्ने

२९ असार २०७८, मंगलवार ०६:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने भएका छन् । उनले भोलि साँझ ५ बजे नयाँ प्रधानमन्त्रीको रुपमा शपथ लिने देउवाको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।

साथै यता, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान आजै साँझदेखि प्याकिङ गर्न थालिएको छ । भोलि दिउँसाे २ बजे अगावै बालकोट सर्ने तयारी छ ।

भोलि बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउने बालुवाटार स्रोतले जनाएको छ ।

२९ असार २०७८, मंगलवार ०६:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल