|  

‘अब फेरि बहुमत ल्याउने हो, सरकार चलाउने हो’- ओली

६ श्रावण २०७८, बुधबार ०९:४२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब एमालेले फेरि बहुमत ल्याउने बताएका छन् । उनले पार्टी संसदीय दलको बैठकमा नेकपा एमालेबाट निर्वाचित सांसदहरुसँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । बैठकमा ओलीले अब चुनावमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने दावी गरेका थिए ।

शुक्रबार संसद भवनको ल्होत्से हलमा भएको बैठकमा सम्बोधन गर्दै अबको निर्वाचन आफ्नो पार्टीको स्पष्ट बहुमत आउने ओलीले दाबी गरेका हुन् । ‘हामी सरकारमा हुँदा ल्याएका परियोजना तथा गरेका कामहरुबाट जनता उत्साहित भएका छन्,’ ओलीले भने, ‘देशमा अब हुने निर्वाचनमा हामीले स्पष्ट बहुमत ल्याउँछौँ ।’ उनले अहिले अदालतले असंवैधानिक निर्णय गरेकाले देशभरबाट यसको प्रतिवाद गर्नु पर्ने पनि बैठकमा बताएका छन् ।

उनले सर्वोच्च अदालतको निर्णयले संविधान र लोकतन्त्रमाथि धा वा बोलेको भन्दै यसलाई प्रतिवाद गर्नु पर्ने आवश्यकता रहेको पनि बताएका छन् । उनले अहिले केही सांसदहरु मन्त्री बन्न पाइन्छ भन्ने आशामा सत्तारुढ कांग्रेससँग नजिक भएको तर भविष्यमा उनीहरुले ठूलो समस्या भोग्न पर्ने दिन आउने पनि बताएका छन् ।

एमालेका केही नेता पार्टी भन्दा देउवा प्यारो भन्दै उता लागेका छन् भन्दै ओलीले गणतन्त्रको रक्षाका लागि भए पनि यसको प्रतिवाद गर्नुपर्ने बताए । बैठकले पार्टीले भण्डाफोरको कार्यक्रम गर्ने योजना समेत रहेको बताएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

६ श्रावण २०७८, बुधबार ०९:४२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल