This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

कुलमान हुदा ११ अर्ब नाफा अहिले ५ अर्ब घाटा,, कसलाई रोज्नुहुन्छ ?commen र share

२१ श्रावण २०७८, बिहीबार १४:३२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


कुलमान हुदा ११ अर्ब नाफा अहिले ५ अर्ब घाटा कसलाई रोज्नुहुन्छ ? गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्राधिकरणमा स्वागत गर्दै शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण पनि नाफा खु’म्चिएको बताए ।

आन्तरिक उत्पादन घटेका कारण भारतबाट हुने विद्युत आयात बढेको र महामारीका कारण मिटर रिडिङ पनि प्रभावित भएकाले नाफा खु’म्चिएको शाक्यको स्पष्टी’करण थियो ।प्राधिकरणले गत आवर्थि वर्षसम्म ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको थियो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घा’टा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घा’टामा गइरहेको थियो ।

आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घा’टालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्रा’धिरकण सञ्चित मुनाफामा आइसकेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्रा’धिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो ।

प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको थियो । तर, गत वर्षबाट प्राधिकरणको नाफा ओरालोतर्फ देखिएको छ ।

२१ श्रावण २०७८, बिहीबार १४:३२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल