This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

रामचन्द्र पौडेल प्रधानमन्त्री बन्दै !

३ भाद्र २०७८, बिहीबार १७:२३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि यसको तरङ्ग नेपाली काँग्रेसमा पनि देखिन थालेको छ । एमाले र जसपा फुटाउन ल्याएको अध्यादेशले प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो पार्टी पनि फुट्ने भएको छ ।

पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतले चाहेमा पार्टी फुटाउन सकिने गरी खुकुलो व्यवस्था गरिदिए पछि एमाले र जसपा विभाजन भइसकेको छ भने काँग्रेस फुट नजिक छ ।

एमाले फुटाउन अध्यादेश ल्याएरका देउवा अहिले आफ्नै कर्मका कारण ठूलो तनावमा रहका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला मिलेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् । त्यसका लागि उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेटघाट गरेका हुन् । विश्वस्त स्रोतका अनुसार यी दुई नेताहरुले आज पनि ओलीलाई भेट्दैछन् । सरकारले ल्याएको अध्यादेश र एमाले विभाजन भएसँगै ओली र पौडेल–कोइरालाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा सांसद लिएर दल विभाजन गर्नसक्ने व्यवस्था गरिएको छ । कांग्रेस नेता कोइरालाले देउवाले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारी अनुसार काँग्रेस फुटाएर आएमा रामचन्द्र पौडललाई प्रधानमन्त्री बनाएर जानेसम्मको तयारीमा ओलीले रणनीति बनाएको बुझिएको छ । प्रधानमन्त्री बन्नकै लागि पौडेलले ओलीलाई भेटेका हुन् ।

देउवाले अध्यादेश ल्याउने वित्तीकै ओलीले काग्रेसलाई पनि महंगो पर्ने चेतावनी दिएका थिए भने काग्रेस नेता शेखर कोइरालाले तत्काल अध्यादेशको कडा विरोध गरेका थिए । रामचन्द्र पौडेलले पनि आफूलाई प्रधानमन्त्री बनाउने भए पार्टी विभाजजन गर्न तयार रहेको प्रतिक्रिया दिएको श्रोतको भनाई छ ।

३ भाद्र २०७८, बिहीबार १७:२३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल