|  

हार्दिक श्रद्धाञ्जली ! डेढ घण्टाको अन्तरालमा श्रीमान् श्रीमतीको मृ’त्यु

३ भाद्र २०७८, बिहीबार १७:३९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृ’त्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घा’टमा दा’हसं’स्कार भएको छ । सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृ’त्यु’ भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृ’त्यु भएको छ । आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृ’त्यु भएको थियो ।

बिहान श्रीमतीको सद्गतिको लागि ला’सलाई चि’तामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृ’त्यु भएको थियो । भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् । सोमवार डेढ घण्टाको अन्तरालमा दुवै जनाको लोहोन्द्रा घाटमा सदगती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

यस्तै,नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वाेच्चमा रिट दायर गरेका छन् । पूर्व-निर्देशक शाक्यले सोमबार प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको स्रोतले जनाएको छ । शाक्यले सर्वाेच्च अदालतमा दायर गरिएको रिटमा भनिएको छ।

‘घिसिङको नियुक्ति ‘बदर गरिपाउँ ।’ रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानसम्मत आफ्नो अधिकार हनन भएको दाबी गरेको एक अधिवक्ताले बताए ।शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

३ भाद्र २०७८, बिहीबार १७:३९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल