|  

लामो समय देखि जीर्ण सडक मर्मत नगरिए पछि स्थानीय युवाले सडकमै धान रोपे..

४ भाद्र २०७८, शुक्रबार १६:२४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका स्थानीयले सडकमा धान रोपेका छन् । सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै स्थानीयले विरोधस्वरूप सडकमै धान रोपेका हुन्।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेको स्थानीय युवा सुरत तमोलीले बताए।

उनकाअनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाब स्वरुप धान रोपिएको हो। ‘नेता सुते धान उठे, बन्दैन सडक फल्दैछ बास्मती’ भन्ने नाराका साथ उनीहरूले विरोध स्वरुप सडकमा धान रोपेका हुन्।

धान रोप्ने समयमा स्थानीय महिलाले फागसमेत गाएका थिए। भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दुईपटक आह्वान गरेको बोलपत्र स्थगित गरिसकेको छ।

बजेट विनियोजन भई टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेका थिए। डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दुर्घटनाको उच्च जोखिम उच्च छ।

४ भाद्र २०७८, शुक्रबार १६:२४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल