|  

हे भगवान ! साहुको ऋ’ण तिर्न श्रीमतीसंगै कालापार गएका रोल्पाका गुरुङ सधैको लागि अ’स्ताए

८ भाद्र २०७८, मंगलवार ०९:०४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


साहुको ऋण तिर्न भारत (कालापार) पुगेका रोल्पा गंगादेव ३ घोप्टेओढारका खिमलाल गुरुङ पहिरोमा परि मृ’त्यु भएको छ । गएको बुधबार (साउन २७) गते हिमाचल प्रदेशको किनौर निगलसरिमा पहिरो आउदा दु’र्घटनामा परि मृ’त्यु भएको हो । उनि संगै अन्य नेपालीहरुको पनि मृ’त्यु भएको छ । खिमलाल गुरुङ गएको पुस २१ गते आफ्नो श्रीमती सहित साहुको ऋ’ण तिर्न भनि हिमाचल प्रदेश पुगेका थिए ।

घरमा आफ्ना बाबा आमालाई पर्खेर बसिरहेका नाबालक छोरा छोरीहरु यतिखेर टु’हुरा भएका छन् । बुधबारको दिन थियो । आफु र श्रीमतीले कमाई गरेको केहि पैसा र साथीभाईहरुले कमाएको पैसा बोकेर रामपुर बजार हिडे । खास नेपालमा पैसा पठाउन आफुले कामगर्ने बैंक हिडेका थिए । किनोर ना’त्पाबाट बिहान करिव ९ बजे डेराबाट एक्लै हिडे ।

३४ बर्षका गुरुङको एक छोरी र छोरा थिए । तिनै छोरा र छोरी अर्कैको घरमा छोडेर कालापार पुगेका थिए । श्रीमानको मृ’त्यु भएपछी श्रीमती अन्जु गुरुङ एक्लै घर फर्किने भएकी छिन । रिकाङ पियोबाट रामपुर जाने गाडी आयो । खिमलाल साढे दश बजे भावनगरबाट गाडीमा चढे । त्यो बेलासम्म श्रीमती अन्जुसंग मोबाइलमा कुरा भएको थियो ।

उनले आफु गाडी चढेको जानकारी समेत दिएका थिए । उनि संगैका साथीभाईहरु भन्दा अलिकेही टाँठोबाठो भएकोले पैसा पठाउन आफुलाई बैंक जान भनेपछि उनि त्यहाँबाट एकलै हिडेका थिए । उनी चढेको गाडी रामपुर तिर लाग्यो । दिउसो करिव १२ बजे अगाडी सडकमा ढुङ्गा देखेपछी ड्राइभर बसबाट झरेर ढुंगा पन्छाउन लागे सोहि बेला धेरै माथिबाट आएको प’हिरोले खिमलाल चढेको बस, एक वटा टिप्पर र दुईवटा कार प’हिरोले लग्यो ।

ड्राइभर भने भागेर बाँच्न सफल भए । उनको श’व खोज्न चारदिन लाग्यो । चार दिनपछी शनिबार श’व भेटियो र उतै दां’स’संस्कार भएको छ । यसरी धन कमाउन कालापार गएका खिमलाल उतै रहे । नावालक छोरी र छोरा अर्कैको घरमा छो’डेर कालापार हिडेका थिए । अब बाबा कहिलै फ’र्किने छैनन् ।

८ भाद्र २०७८, मंगलवार ०९:०४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल