This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

आमाबुवा रातभर व्य’स्त, ओ’छ्यान’बाट ख’सेर १९ म’हिने छो’रीको मृ”त्यु’

१५ आश्विन २०७८, शुक्रबार १२:२१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी: आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १९ महिने छोरीको मृ’त्यु भएको छ। स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती ब’च्चालाई छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट खसेर छोरीको मृ’त्यु भयो।

बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी छोरी किरा कनरयको शव भूँइमा फेला परेको थियो। घटनापछि आमाबुवा विरुद्ध अदालतमा मु’द्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ।

यो पनि : भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल
छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन्। भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ। रोजगारीबाट घर फर्किएका जिल्लाका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडी पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ।

भारतबाट आउने जिल्लाका नागरिकको सङ्ख्या बढेको र कोरोना महामारी कायमै रहेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ। यसै सिलसिलामा घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि छिमेकी मुलुक भारत गएका थिए। भारतमा कामका लागि गाउँघरमा स्थानीयवासी गएका कारण गाउँघर प्रायः सुनसान अवस्थामा थिए। अहिले उनीहरु धमाधम गाउँमा फर्किन थालेका कारण गाउँमा चहलपहल बढेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताए।

दशैँ आउन अझै थुप्रै दिन बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम पनि सुरु गरेकाले गाउँमा निकै रौनकता छाएको स्थानीयवासी बताउँछन्। जिल्लाको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँखेती लगाएर परिवारसहित रोजगारीका लागि भारत जानुभएको थियो। भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उहाँको परिवारसहित घर फर्किएका छन्। किसनसिंह मात्र होइन, रोजगारका लागि भारतलगायत अन्य तेस्रो मुलुक गएका डोटीसहित समग्र सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका हुन ।

भारतको उत्तराखण्ड रोजगारी गरेर दशै मनाउनकै लागि घर फर्किएका जिल्लाको केआइसिंह गाउँपालिका–४ का अर्का स्थानीयवासी दीपकबहादुर कामी पनि अहिले आफ्ना परिवारसहित घर फर्किएका छन्। कोरोना सङ्क्रमणका कारण खासै कमाइ गर्न नपाए पनि दशैँका लागि घरपरिवारलाई नयाँ लुगा कपडा लिएर आएको उनले बताए। उनले भने, “पैसा कमाउन त सकिनँ, वर्ष दिनको पर्व दशैँ घरपरिवारसँग मनाउन घर फर्किएको छु, दशैँ–तिहार सकिएपछि पुनः कामका लागि उतै फर्किन्छु।”

१५ आश्विन २०७८, शुक्रबार १२:२१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल