|  

सुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई ३ बर्षको भिसा रद्द गरेर नेपाल फर्काइयो

१५ माघ २०७६, बुधबार १२:५६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ / सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो ।

चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ ।

दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए । उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए । उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए । विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए । विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए ।

सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु भेटिएको थियो । चेकजाँचम हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् ।

१५ माघ २०७६, बुधबार १२:५६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल