|  

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग पराजित

२२ माघ २०७६, बुधबार १६:५२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं – घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ ।

हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल पाहुना टोली ओमानसँग १८ रनले पराजित भएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरको जाडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले कमजोर अवस्थामा पुगेको नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए ।

यस्तै, नेपालका लागि शरदले सर्वाधिक ५५ रन बनाएका थिए । उनले १०७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका थिए । यस्तै, ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ तथा विनोद भण्डारीले २६ रन बनाएका थिए ।

नेपालका लागि ओपनिङ ब्याटर नचल्दा टोलीलाई शुरुवाती दबाब परेको थियो । ओपनिङमा नेपालका अनुभवी खेलाडी पारस खड्का ३ रन र कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।

यस्तै, अलराउण्डर करण केसी र मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल शुन्यमा आउट हुँदा नेपाल कमजोर बनेको थियो ।नेपालविरुद्ध ओमानका जिसन मक्सुदले ३ विकेट लिए भने कलिमुल्लाहले २ तथा मोहम्मद नामेद, अक्विब अयास, खबार अलि र विलाल खानले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
ओमानका लागि मोहमद नामेदले सर्बाधिक नटआउट रहँदै ६९ रन बनाएका थिए भने ओमानका लागि सन्दिप गौड ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा आकिब इलियासले १६ रन बनाएका थिए ।

ओमानविरुद्ध नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सुशन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
अब नेपालले शृङ्खलाको दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

२२ माघ २०७६, बुधबार १६:५२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल