चिकित्सकको इतिहासमा पहिलो पटक ब्रेनको अप्रेशन बेहोश नबनाइ गरीएको छ । अमेरीकाको एक अस्पतालमा डाक्टरहरुले जेना स्क्रैड नामकी युवतीको अप्रेशन गरेका हुन् । उनीहरुले यो अप्रेशन बिना बेहोस मात्र गरेनन् यसको लाइभ भिडियो पनि अस्पतालको फेसबुक पेजमा विहान ११ः ४५ बजेदेखी ब्रेन सर्जरी प्रक्रियाको लाइभ स्ट्रीम पनि गरे ।
यो सर्जरीको लाइभ स्ट्रीमिङ को दौरान जेना डाक्टरसँग कुरा गर्दे गरेको पनि देखिएकी थिइन । मेथोडिस्ट डलास का प्रमुख डा. निमेश पटेलले यस प्रकारको अपरेशन को दौरान विरामी ले लगातार कुरा गर्दे गरेको हुनु पनै बताए ताकि कुनै गल्ती भएमा त्यसलाई सुर्धान सकियोस ।
सर्जरीको दौरान जेनालाई केही तस्विरहरु देखाइएको थियो ताकि यो पुष्टि हुन सकोस कि उसको सर्जरीमा दिमाग को कुनै सहि भागमा कुनै पनि चोट लगाइएको छैन । सर्जरी ठिक तरिकाले भईरहेको छ ।
डाक्टर बार्टेल मिशेलले भने यदि यो सर्जरीको दौरान केही सानो मात्र गल्ती भएको भए जेना पुरै जिन्दगी भर बोल्न सक्दिन थिइन । यसै कारण हामि उनीसँग कुरा गरीरहेका थियौ । ताकि हामीले यो पत्ता लगाउन सकौ कि सर्जरी सहि दिशा तिर बढिरहेको छ ।
यो लाइभ सर्जरीलाई २,३०० जनाले फेसबुक लाइभमा पनि हेरेका छन् । यो सर्जरी जेनाको जटिल रुपमा रहेको रक्त भेसेल्स लाई ब्रेनबाट हटाउनको लागी गरिएको थियो ।
चिकित्सहरुले भने जेनाको यो सर्जरीलाई हेरेर अरु विरामिहरुलाई पनि मद्यत मिल्ने विश्वास लिएको बताएका छन् ।