काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ ।
ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। ओलीलाई बिहान नौ बजे बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ लगीएको हो ।
प्रधानमन्त्री अस्पताल जानुपर्ने भएपछि मन्त्रिपरिषद बैठक समेत पछि सारीएको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ । मन्त्रिपरिषद् बैठक पछि मंसिर १४ मा हुने उपनिर्वाचनको लागी उमेद्वार छनोट गर्नका राखिएको सचिवालय बैठक पनि सर्ने भएको छ ।
गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिए पछि दु्ई पटक हेमो डायलासिस गरिएको थियो ।