चितवन । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताए ।
सभापति देउवाले आइतबार कार्यकर्तासँग छलफल गर्दै पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काँग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको जनाए ।
सभापति देउवाका अनुसार प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक छ । उनले भने, ‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।’
यसैक्रममा, सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काँग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी समेत दिए ।
अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले जनाए ।
उनले स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको जानकारी दिए । सभापति देउवाले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने पनि जनाए । उनले जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने जिकिर गरे । काँग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै सभापति देउवाले जनमतको कदर हुने गरी काम गरिने धारणा व्यक्त गरे । यसैक्रममा, सभापति देउवाले भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने जानकारी दिए ।
उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुन्छ स् देउवा
चितवन । प्रतिपक्ष दल नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताए ।